काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको सांसद सुनिल शर्मामाथि ‘प्लस-टु’को शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ । उक्त प्रमाणपत्र किर्ते गरेकै आरोपमा सांसद शर्मा पक्राउ परेका हुन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य रहेका सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको मुद्दामा पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा उनी निर्वाचित भएका थिए ।
उनले एक क्विन्टल सुन तस्करी प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बयान संसदमा दिएका थिए । त्यस्तै, तस्करीमा संलग्नलाई छानबिन गरी आवश्यक कारबाही नगरे आफू आमरण अनशनमा बस्ने चेतावनी समेत उनले दिएका थिए ।
तपाईंको प्रतिकृया




