कानुनमन्त्री गुरूङ अस्वस्थ्य, अस्पताल भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार उन ब्लड प्रेसर लो भएको थियो । ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भने । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री