काठमाडौँ । बंगलादेशी नागरिकलाई अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले नेपालीसहित सात जनालाई पक्राउ गरेको छ । मलेसिया, पोल्याण्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरूलाई अपहरण गरी बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पाँच बंगलादेशी र २ जना नेपालीलाई उक्त अभियोगमा पक्राउ गरेको हो । उनीहरूले ती देशहरूमा राम्रो काम पाइन्छ, धेरै पैसा कमाई हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी …
पुरा पढ्नुहॊस »सुन तस्करीमा मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिनँ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नताको प्रमाणित भए पदमै नबस्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रमाण ल्याएर आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका हुन् । आफ्नै पार्टीका सांसदले आफूमाथि लाञ्छना लगाएको भन्दै उनले प्रतिक्रिया दिँदै जाने हो भने धेरैका विषयमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए । ‘जुन पछिल्लो घटना …
पुरा पढ्नुहॊस »सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए । एमालेले सय किलो सुन प्रकरणको छानबिन गर्न …
पुरा पढ्नुहॊस »‘फूलबारी नेपाल’ गजल प्रतियोगिताका लागि गजल आह्वान
काठमाडौँ । युट्युब च्यानल फूलबारी नेपालले आगामी मोतीजयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ । प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल-भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्नेछ । प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय र पाँचवटा सान्त्वना गरी छनोट हुने आठ वटा गजलहरूको घोषणा मोतीजयन्तीको दिन (भाद्र २८ गते) गरिने फूलबारी नेपालले जनाएको छ । …
पुरा पढ्नुहॊस »नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन माैसम विज्ञान विभागको आग्रह
काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम …
पुरा पढ्नुहॊस »प्राविधिक टिमसँगको छलफलपछि कक्षा १२ को नतिजा आउँदै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माकाअनुसार अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिनेछ । ‘शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ,’ उनले भने, ‘त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ गत वैशाख २६ देखि जेठ ५ …
पुरा पढ्नुहॊस »सिन्धुलीको कुसुमटार र लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध
काठमाडौं । बागमती जलाधार क्षेत्र अन्तर्गत सिन्धुलीको मरिन खोला कुसुमटार र नारायणी जलाधार क्षेत्र अन्तर्गत लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिन्धुलीमा २४ घण्टाको अवधिमा १६४ मिलिमिटर र लमजुङमा १२९ मिलिमिटर वर्षा मापन भएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ भन्ने गरिन्छ । सिन्धुली र लमजुङमा धेरै भारी वर्षा भएकाले बाढी र …
पुरा पढ्नुहॊस »भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी
काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको सीआइबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएका माथि पक्राउ गरेर अनुसन्धान गर्न थालेपछि सर्वोच्च अदालतले सरकारको नेतृत्वमा बसेर निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्रीलाई पनि छानबिनको …
पुरा पढ्नुहॊस »चर्चामा सुनील शर्मा, कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक मध्यान्न साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माकाअनुसार बैठकमा सांसद डा. सुनील शर्मा पक्राउ प्रकरणबारे छलफल हुनेछ आफ्ना सांसद पक्राउलाई लिएर पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाई छ । यस्तै बैठकमा संसद्मा भइरहेको अवरोधका विषयमा पनि छलफल हुने बताइएको छ ।
पुरा पढ्नुहॊस »धेरै बोल्दा कुरा बिग्रिन्छ, अब म कम बोल्छु : हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कम बोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनी लेख्छन्- ‘नुन चाहिन्छ तर, धेरै भो भने चर्को हुन्छ। मैले बोल्नु पनि पर्छ तर, धेरै बोल्दा कुरा बिग्रिन्छ, देश बिग्रिन्छ, त्यसैले अब म कम बोल्छु।’
पुरा पढ्नुहॊस »