काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा …
पुरा पढ्नुहॊस »एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो
काठमाडौं । एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । दिल्लीबाट काठमाडौँ उडान गर्दै आएको उक्त जहाजको ह्वील लक भई धावन मार्गमै अड्किएको हो । धावन मार्गमा उक्त जहाज अड्किएपछि ५७ मिनेटसम्म उडान र अवतरण नै अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका जहाजहरुलाई आकाशमै होल्ड गराइएको थियो । जहाजलाई रनवेबाट ट्रयाक्टरले तानेर हटाइँदै छ । जहाजमा १७९ यात्रु सवार हुन …
पुरा पढ्नुहॊस »पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन् । “पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनिहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ”, उनले भने । नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई …
पुरा पढ्नुहॊस »तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम तौल
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले यहि साउन ३ गते बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम भएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको हो । बरामदको समयमा उक्त सुन १०० किलो रहेको अनुमान गरिएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो …
पुरा पढ्नुहॊस »अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ : अर्थमन्त्री डा. महत
काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ । हामीलाई सकारात्मक दिशातर्फ जानुछ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो …
पुरा पढ्नुहॊस »कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक …
पुरा पढ्नुहॊस »तस्करीको बरामद सुन पगालियो, तौल अझै घट्नसक्ने अनुमान
काठमाडौं । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको …
पुरा पढ्नुहॊस »टक्सारमा सुन गालिदै, तौल अझै घट्नसक्ने अनुमान
काठमाडौँ । माेटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने सुरु गरिएको हो । सुन गाल्ने काम बिहान साढे १० बजेबाट सुरु गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ …
पुरा पढ्नुहॊस »वरिष्ठ हवलदारका लागि ११८ को बढुवा सिफारिस (नामसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी वरिष्ठ हवलदारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको वरिष्ठ हवलदार पदका लागि ११८ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ । हेर्नुहोस् …
पुरा पढ्नुहॊस »नेपाल र भट्टराईसँग नपक्रेर सरकारी वकिलको रोहबरमा बयान लिइने
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो । पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो । सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको …
पुरा पढ्नुहॊस »