काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी छ ।
छलफलमा पूर्व प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।
प्रधानमन्त्रीले आजै परराष्ट्रविज्ञहरुसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन् । त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा जाने तय भएको छ ।




