काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ ठूलोटारस्थित छोरीको घरमा आएकी एक आमाको भिरबाट लडेर ज्यान गएको छ ।
उक्त गाउँपालिकामै घर रहेकी ९१ वर्षीया पुतलीमाया घलान छोरीको घरमा पुगेका बेला गत भदौ ३० गतेदेखि हराएकी थिइन् । पुतलीमाया छोरीको घरबाट हराएको भनेर भदौ ३१ गते नै प्रहरी चौकी सिस्नेरीमा निवेदन आएपछि खोजी थालिएको थियो ।
आफन्तले खोजी गर्ने क्रममा पुतलीमायाको भिरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पुतलीमायाको छोरीको घरनजिकै भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भइसकेको भेटिएको हो । प्रहरी पुगेर पनि उनको शव निकाल्न सकिएको छैन ।
अहिले शव झिक्न बागमती प्रदेश प्रहरी कार्यालयबाट बिपद ब्यवस्थापन युनिट प्रहरी नायव निरीक्षको नेतृत्वमा खटिएको छ । अहिले उक्त टोलीले भिरबाट शव निकाल्दै गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहॊस