समाचार

जाजरकोट पुगेर राष्ट्रपतिले भने- चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् । भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए । ‘तपाईंहरूका लागि अल्पकालिन र दीर्घकालिन …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर झापाका दुई जनाको मृत्यु

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । …

पुरा पढ्नुहॊस »

धनुषाका एसपी विश्वराज खड्काको जिम्मेवारी खोसियो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा धेरै …

पुरा पढ्नुहॊस »

कांग्रेसले प्रधानमन्त्रीलाई ५० लाखको चेक, भूकम्प पीडितलाई तत्काल राहत दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो चेक हस्तान्तरण गरेका हुन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चेक हस्तान्तरणमा महामन्त्रीद्वय …

पुरा पढ्नुहॊस »

टिकटकमा अश्लील हर्कत गरेर विवादित माओवादी नेतृ बर्खास्त

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ति बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो । बराल माओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् । ‘पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,’ समितिको विज्ञप्तिमा भनिएको छ । उनीमाथि …

पुरा पढ्नुहॊस »

ढोरपाटनमा ट्याक्सी खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको …

पुरा पढ्नुहॊस »

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो । देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन् । राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेका हुन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

काठमाडौँमा साथी महानगर (स्वर्णिम योजना) लागू

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साथी महानगर (स्वर्णिम योजना) कार्यक्रम लागु गरेको छ । महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो । योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने मेयर बालेन शाहले उल्लेख गरेका छन् । यसका लागि आफू बसेको वडा कार्यालय अथवा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाईमा …

पुरा पढ्नुहॊस »