टिकटकमा अश्लील हर्कत गरेर विवादित माओवादी नेतृ बर्खास्त

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ति बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।

बराल माओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् । ‘पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,’ समितिको विज्ञप्तिमा भनिएको छ ।

उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । ‘उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

केही दिनअघि बरालले टिकटक लाइभमार्फत आफ्नो वक्षस्थल प्रदर्शन गरेकी थिइन् । त्यसअघि समेत सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली अपाच्य किसिमको रहँदै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस