समाचार

मुगु सामुहिक हत्या घटनाका आरोपित पक्राउ

काठमाडौँ । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ । कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूची)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले यो लगायत आठ निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

पोर्चुगलमा नेपाली दूताबास खोल्ने, सनिल नेपाल राजदूतका लागि सिफारिस

काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । …

पुरा पढ्नुहॊस »

सालोले खुकुरी हानी गरे भिनाजुको हत्या

काठमाडौं । झापाको वुद्धशान्तिमा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेका छन् । वुद्धशान्ति गाउँपालिका–५ निवासी अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको खुकुरी प्रहारी गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो । विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले प्रहार गरेका थिए । टाउकोसहित शरीरको विभिन्न भागमा चोट …

पुरा पढ्नुहॊस »

कीर्तिमानी आरोही निर्मल पुर्जाले लिए गैरआवसीय नेपाली नागरिकता

काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवसीय नेपाली नागरिकता लिएका छन् । बेलायती नागरिक समेत बनेका पुर्जाले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवसीय नागरिकता लिएका हुन् । उनको जन्म जिल्ला म्याग्दी हो । विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्। ‘यतिखेर मलाई निकै गौरवको अनुभूति भएको छ,’ नागरिकता प्राप्त गरेपछि पुर्जाले भने, ‘जहाँकसैले …

पुरा पढ्नुहॊस »

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ । कलाकार दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पुर्‍याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो ।

पुरा पढ्नुहॊस »

उपप्रधानमन्त्री खड्काले पनि रोके यूएई भ्रमण

काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण रोकेका छन् । उनले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि तय भएको यूएई भ्रमण स्थगित गरेका हुन् । दुवईमा आयोजना हुन लागेको १८औँ दुवई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को …

पुरा पढ्नुहॊस »

ढल्केबरमा भेटिए मंगलबारदेखि घर नगएका पाँच किशोरी

काठमाडौँ । मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको औरही नगरपालिका-२ का पाँच जना किशोरी फेला परेका छन् । प्रहरीकाअनुसार उनीहरू धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

पुरा पढ्नुहॊस »

रेशमको आम माफीविरुद्धको रिट स्थगितको सूचीमा

काठमाडौँ । रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पेसीमै नराखी स्थगित गरिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो । रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनकाअनुसार गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् ।

पुरा पढ्नुहॊस »