जाजरकोट पुगेर राष्ट्रपतिले भने- चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।

भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए ।

‘तपाईंहरूका लागि अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु,’ राष्ट्रपति पौडेलका भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

साथै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका छन् । घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेत हुँदै जाजरकोट पुगेका हुन् । राष्ट्रपति पौडेलले खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको रोप भ्रमण स्थगित गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रचण्डलाई ओलीको जवाफ- हतियार बिसाउन लगाउन जानेका छौँ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार कसरी बिसाउन लगाउनुपर्छ थाहा छ भन्ने जवाफ फर्काएका छन् । शनिबार खबरदारीसभामा प्रचण्डले हतियार चलाउन नर्बिसिएको टिप्पणी गरेका थिए । सोही टिप्पणीमा ओलीले आइतबार एनआरएनए स्थापना दिवसमा आयोजित कार्यक्रमबाट जवाफ फर्काएका हुन् ।

प्रतिकृया दिनुहॊस