धनगढीमा ११ वर्षीया बालिकामाथि बलात्कार, १४ वर्षीय बालक पक्राउ

काठमाडौं । कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री