काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार शितल निवासमा नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् ।
न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीशमा नियुक्ति गरेका थिए ।
तपाईंको प्रतिकृया




