बुद्ध एयरको इमर्जेन्सी ढोका भएको ‘सिट’मा बसेका यात्रु प्रहरी नियन्त्रणमा

काठमाडौँ । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो ।

जहाजको ढोका यात्रुले खोलेको पाइएको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए । उनका अनुसार भीम परियार नामका यात्रु जहाजको १- सी-डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए । उनले आपत्‌कालीन ढोका खोलेको प्रमुख गौतमको तर्क छ । यात्रु परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको तियो भने एक घण्टा ढिलो गरी यात्रुलाई अर्को जहाजमा पठाइएको थियो ।

यो पनि : जब उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खुल्यो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री