समाचार

प्रसाईं र युवा संघको प्रदर्शन आज, दुवैले भक्तपुरबाट जुलुस निकाल्ने (रुटसहित)

काठमाडौं । एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज विरोध प्रदर्शन गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका भएपनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक-फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन् । युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका छन् । युवा संघको …

पुरा पढ्नुहॊस »

चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

पुरा पढ्नुहॊस »

काउन्सिलद्वारा पत्रिका वर्गीकरण फाराम भर्न आह्वान

काठमाडौं । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ । काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो । २०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रकाशित पत्रपत्रिका सञ्चालकले पुस ५ गतेसम्म (दोब्बर दस्तुर पुस १२ सम्म) वर्गीकरण फाराम भर्ना काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले मापदण्ड पुगेका सबैलाई फाराम भर्ना आह्वान गरेको छ । तोकेको मापदण्डअनुसार दैनिक पत्रिकालाई वर्षमा ३०० …

पुरा पढ्नुहॊस »

गणतन्त्र उल्ट्याउन खोज्नेको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘आजको परिवर्तन साना दुखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । …

पुरा पढ्नुहॊस »

फिल्ममा हुने ‘हेट स्पिच’ मा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन लेखेका छन् । उनले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका हुन् । उक्त पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो भनिएको चलचित्र प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ । कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका …

पुरा पढ्नुहॊस »

ट्राफिक प्रहरीको आग्रह- भोलि अत्यावश्यक भएमात्र सवारी साधनसहित बाहिर निस्कनु

काठमाडौँ । काठमाडौँ ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काम बाहेक सवारी साधन लिएर बाहिर ननिस्किन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरीय ट्राफिक डिभिजनले बिहीबार विभिन्न समूहले जुलुसका साथै विरोध प्रदर्शन गर्ने जानकारी आएकोले काठमाडौँ उपत्यकामा सवारी आगमनमा असहजता हुन सक्ने भन्दै अत्यावश्यक कामका लागि मात्र सवारी साधन लिएर बाहिर निस्किन आग्रह गरेको हो । बिहीबार नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईँको समूहले छुट्टा छुट्टै प्रदर्शन गर्ने …

पुरा पढ्नुहॊस »

पार्टी प्यालेसबाट महिला निकाल्न युवा संघको संलग्नता छैन : ओली

काठमाडौँ । दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट मध्यरातमा निकालिएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिक्रिया दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले एमालेलाई बद्नाम गराउन यस्ता गतिबिधि भएको हुन सक्ने भन्दै सतर्क रहन कार्यकर्तालाई आग्रह गरेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्‍थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई गएराती युवाहरुको समुह पुगेर बाहिर निकालिएको भिडियो अहिले …

पुरा पढ्नुहॊस »

एमाले र प्रसाईंको आन्दोलनको मानव अधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधवार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार अयाोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभाग अन्तर्गत निरीक्षण गर्ने बताए । उनले कुनै …

पुरा पढ्नुहॊस »

प्रचण्ड पुगे शीतल निवास, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता भएको छ । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

नेपालगन्जमा अवतरण नगरी पुनः काठमाडौं फर्कियो बुद्धको जहाज

काठमाडौँ । काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ । बिहान काठमाडौँबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो । बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको हो । विमान काठमाडौँ विमानस्थलमा …

पुरा पढ्नुहॊस »