फिल्ममा हुने ‘हेट स्पिच’ मा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन लेखेका छन् । उनले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका हुन् ।

उक्त पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो भनिएको चलचित्र प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) मा रोक लगाउने समेत उनले माग राखेका छन् । यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस