काउन्सिलद्वारा पत्रिका वर्गीकरण फाराम भर्न आह्वान

काठमाडौं । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ । काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।

२०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रकाशित पत्रपत्रिका सञ्चालकले पुस ५ गतेसम्म (दोब्बर दस्तुर पुस १२ सम्म) वर्गीकरण फाराम भर्ना काउन्सिलले आग्रह गरेको छ ।

काउन्सिलले मापदण्ड पुगेका सबैलाई फाराम भर्ना आह्वान गरेको छ । तोकेको मापदण्डअनुसार दैनिक पत्रिकालाई वर्षमा ३०० अङ्क, अर्धसाप्ताहिकले ८० अङ्क, साप्ताहिक पत्रिकाले ४० अङ्क, पाक्षिक समाचारपत्रले २० अङ्क प्रकाशित हुनुपर्नेछ ।

सोहीअनुसार मासिक पत्रिकाले १० अङ्क, द्वैमासिक–त्रैमासिक पत्रिकाले न्यूनतम ४ अङ्क प्रकाशित भई प्रेस काउन्सिल नेपालको कार्यालय अभिलेखमा दर्ता हुनुपर्नेछ । मापदण्ड नपुगेका पत्रिका वर्गीकरणमा समावेश नगराइने पनि काउन्सिलले स्पष्ट पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस