समाचार

भिआइपी बस्ने एरियामा किन गरियो असुरक्षा महसुस ?

काठमाडौँ । जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार थप दुई क्षेत्रमा निषेधाज्ञा जारी गर्‍यो । पछिल्लो समय गणतन्त्रविरोधी गतिविधिहरू बढेको देखिएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप दुई क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । यसअघि माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको काठमाडौं प्रशासनले राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । राष्ट्रपति निवासको पूर्वतर्फ पवित्र वर्कशप, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रतिष्ठानको दक्षिणी पूर्वी गेट …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईंको अभियानबारे राप्रपामा दुई धार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ । संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास र संशय व्यक्त गरिरहँदा एकथरि नेताहरूले खुलेरै अभियानलाई समर्थन र ऐक्यबद्धता जनाएका हुन् । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताए । ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डाअनुकूल अगाडि बढ्न कसैले पनि …

पुरा पढ्नुहॊस »

चढेर आएकै स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने बालकको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुरमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने ६ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार साँझ हरिपुर नगरपालिका ८ जुटपानीमा भएको घटनामा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको मृत्यु भएको हो । बालक लालबन्दी १ नबलपुरस्थित जेआईसी बोर्डिङ स्कुलका विद्यार्थी थिए । जेआईसी स्कुलकै ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । स्कुलबाट घर फर्किएका बालकलाई आफू चढेर आएकै बसले ठक्कर दिँदा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

साइबर ब्यूरोले भन्यो- भिपिएन र डिएनएसबाट टिकटक नचलाउनु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएस प्रयोग गरी टिकटक चलाउँदा आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ । विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भीपीएन र डीएनएसजस्ता एपको प्रयोग गरी टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणमा पहुँच पुगी चोरी हुनसक्ने बताएको हो । ब्यूरोले भीपीएन र डीएनएसको प्रयोग गरी अवैध रुपमा टिकटक नचलाउन आग्रह गरेको हो । गत २७ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडियो …

पुरा पढ्नुहॊस »

मन्त्री निवासमा असुरक्षा महसुस, पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकिएको हो । प्रजिअ पण्डितले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका …

पुरा पढ्नुहॊस »

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सरकारले टिकटक बन्द गरेको निर्णयविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सरकारको निर्णय विरुद्ध परेका १० रिट उपर मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका …

पुरा पढ्नुहॊस »

माइतीघर-बानेश्वर निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो रिट

tea/शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको पेशी बुधबारका लागि तोकिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो …

पुरा पढ्नुहॊस »

वित्त अनुदानको बेथिति रोकेर राज्यकोषमा लैजाने व्यवस्था गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्द्धनमा आउने वित्त अनुदानमा हुने बेथितिलाई रोक्न सरकारी बजेटरी प्रणालीमा वित्त अनुदान ल्याउने बताएका छन् । अर्को साता यूएईमा हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको २८औं संस्करण (कोप-२८) को सन्दर्भमा आज वन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपालमा जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदान सरकारको नियमनमा …

पुरा पढ्नुहॊस »

बल्खुमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले मंसिर ७ गते गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शनस्थल तोकिएको बताए । युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो । …

पुरा पढ्नुहॊस »