ट्राफिक प्रहरीको आग्रह- भोलि अत्यावश्यक भएमात्र सवारी साधनसहित बाहिर निस्कनु

काठमाडौँ । काठमाडौँ ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काम बाहेक सवारी साधन लिएर बाहिर ननिस्किन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरीय ट्राफिक डिभिजनले बिहीबार विभिन्न समूहले जुलुसका साथै विरोध प्रदर्शन गर्ने जानकारी आएकोले काठमाडौँ उपत्यकामा सवारी आगमनमा असहजता हुन सक्ने भन्दै अत्यावश्यक कामका लागि मात्र सवारी साधन लिएर बाहिर निस्किन आग्रह गरेको हो ।

बिहीबार नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईँको समूहले छुट्टा छुट्टै प्रदर्शन गर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री