काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ ।
बुधवार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार अयाोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् ।
उनले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभाग अन्तर्गत निरीक्षण गर्ने बताए । उनले कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने बताए । उनले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुने उल्लेख गरे ।
प्रतिकृया दिनुहॊस