हाम्रो विरोध प्रदर्शनमा घुसपैठ हुनसक्छ : अध्यक्ष थेवे

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले विरोध प्रदर्शनमा घुसपैठको सम्भावना रहेको बताएका छन् । युवासंघको प्रदर्शन स्थल तीनकुनेमा पत्रकारहरूसँग कुरा गर्दै उनले घुसपैठ हुने सम्भावना रहेकाले आफूहरू सजग रहेको बताएका हुन् ।

उनले आफूहरूले आयोजना गर्न लागेको कार्यक्रम शान्तिपूर्ण हुने तर्क गरे । ‘हामीले प्रशासनलाई पटकपटक जानकारी गराएका छौँ । आजको हाम्रो कार्यक्रममा पनि घुसपैठ हुने सम्भावना छ’, उनले भने, ‘हामी जिम्मेवार छौँ । हामी जिम्मेवार ढंगले गरिराखेका छौँ । हाम्रा कार्यकर्ताले जिम्मेवार ढंगले घुसपैठ भएको पाएमा नियन्त्रणमा लिएर प्रशासन समक्ष बुझाउनेछन् ।’

अध्यक्ष थेवेले दुर्गा प्रसाईँले पूर्वराजा ल्याउँछु भन्नु र मरेको मान्छे तान्त्रिक लगाएर फर्काउँछु भन्नु उस्तै भएको टिप्पणी गरे । ‘घाम कहिले पश्चिमबाट झुल्किएको देख्नुभएको छ ? मरेको मान्छे कहिले फर्केर आउँछ ? कुनै मरेको व्यक्तिको खरानीलाई भूतप्रेत लगाएर जिउँदो बनाएर फर्किएको देख्नुभएको छ ? हो अब राजा ल्याउँछु भन्नु पनि उस्तै हो,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस