ज्ञानेन्द्र शाही पनि दुर्गा प्रसाईंको आन्दोलनमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा भएको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही पुगेका छन् ।

राप्रपा नेता शाही र प्रसाईं बल्खुमा सँगै देखिएका हुन् । प्रसाईं पक्षले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । राप्रपाभित्र प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने कि नगर्ने भन्ने दुविधा छ । पार्टीले कुनै आधिकारिक निर्णय गरेको छैन ।

बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ’तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस