समाचार

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति

काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । ‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । …

पुरा पढ्नुहॊस »

नेतालाई पेस्तोल पड्काउन दिएका असई परे निलम्बनमा

काठमाडाैँ । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् । उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए । हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै …

पुरा पढ्नुहॊस »

गाजाबाट २५ बन्धक रिहा, पहिलो चरणमा छुटेनन् विपीन जोशी

काठमाडौँ । इजरायलसँगको अल्पकालीन युद्धविरामका क्रममा प्यालेस्टाइनी सशस्त्र समूह हमासले २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट १३ जना इजरेली र १२ जना थाइ बन्धकहरू रिहा गरिएको हो । हमासले नियन्त्रणमा लिएका १३ जना इजरेली बन्धकहरू बुझेको रेडक्रसले उनीहरूलाई इजिप्ट पुर्‍याएको विवरणहरूमा जनाइएको छ । रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका उनीहरू त्यहाँबाट दक्षिण इजरेलको एक सैन्य हवाई अड्डा पुग्नेछन् । बेग्लै सहमति अनुसार भन्दै थाइल्याण्डका प्रधानमन्त्रीले हमासले बन्धक …

पुरा पढ्नुहॊस »

बर्दियाको एक घरमा आगलागी, १८ महिने बालकसहित ४ जनाको मृत्यु

काठमाडौँ । बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । । राती करिब १० बजेतिर स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको हो । बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालकाअनुसार आगलागीमा परी गुलरिया-४ का ३६ वर्षीया राधा बुढा, ९ वर्षीया मानसी बुढा, ७ वर्षीय कृश चन्द र १८ महिनाको कार्तिक चन्दको मृत्यु भएको छ । …

पुरा पढ्नुहॊस »

पोर्चुगलमा मदिराले मातेका साथीले छुरा हाने, उपचाररत धनबहादुरको मृत्यु

काठमाडाैँ । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतकाे कुश्मा नपा-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

रेशमको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतले माग्‍यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण सोधेको छ । शुक्रवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सो आदेश गरेको हो । अधिवक्ता स्वागत नेपालले शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै रिट निवेदन दर्ता गराएका हुन् । अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह …

पुरा पढ्नुहॊस »

श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । कल साइन २२५ एएनएफको उक्त विमान पौने ४ बजे धनगढीबाट उडेको थियो । ७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । उनका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं …

पुरा पढ्नुहॊस »

प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । शुक्रवार प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । प्रसाईंको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । आइतबार उक्त रिटको सुनुवाइ हुने भएको छ । बिहीबार ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँको नेतृत्वले बल्खुमा विरोध प्रदर्शन गरेको …

पुरा पढ्नुहॊस »