समाचार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

काठमाडाैं ।  एक ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाकाे मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, “मलाई बदनाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको …

पुरा पढ्नुहॊस »

तीन नेतालाई शीतलनिवास बोलाएर राष्ट्रपतिले भने- तेरो मेरो नभनी काम गर्नु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराउनुभएको राष्ट्रपतिका …

पुरा पढ्नुहॊस »

साँगामा बाइकले थिचिएको अवस्थामा मृत भेटिइन् कोटेश्वर बस्ने युवती

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृत्यु हुने युवती नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदी रहेको खुलेको छ । बुधबार अराह्न भक्तपुरको सूर्यविनायक नगरपालिका-९, पलासे फन्डभ्याली नजिक मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार युवतीलाई मोटरसाइकलले थिचेको सूचनापछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो । साँगाबाट जगातीतर्फ बाटोको साइडमा …

पुरा पढ्नुहॊस »

तपस्वी बम्जनलाई जेलभित्र छुट्टै खाना, ध्यान गर्ने पनि व्यवस्था

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा विभिन्न माग राखेका छन् । जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका उनीले आफ्ना माग राखेका हुन् । उनले अरू कैदीबन्दीले खाने खाना आफू नखाने बताएको स्रोतले जनाएको छ । जलेश्वर कारागारका एक अधिकारीका अनुसार उनले छुट्टै खाना बनाएर दिन आग्रह गरेका थिए । उनले बेसार, लसुन, प्याज हालेको दाल, तरकारी पनि नखाने बताएका हुन् । बम्जनले खाना खान नमानेपछि कारागारमा …

पुरा पढ्नुहॊस »

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम सर्वसम्मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन् । तर, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् …

पुरा पढ्नुहॊस »

गौशाला-२६ को पहिचान खुलाउनेलाई खोज्दै प्रहरी

काठमाडौं । गौशाला-२६ ले दिएको उजुरीमा साइबर ब्युरोले अनुसन्धानमा तीव्रता दिएको छ । सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि अनुसन्धान थालेको ब्युरोले जनाएको छ । ब्युरोका एक अधिकारीका अनुसार गौशाला–२६ का तस्बिर सार्वजनिक गर्नेहरूको खोजी सुरु भएको छ । ‘विद्युतीय माध्यमबाट ती तस्बिरहरू सार्वजनिक गराइएकाले ब्युरोले यो विषयलाई नोटिसमा लिएको हो’, ती अधिकारीले भने–अनुसन्धान भइरहेको छ,पहिचान खुलाउनेलाई खोज्दै छौं ।’ जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई …

पुरा पढ्नुहॊस »

सुरुङमा प्रवेश गराइयो मेलम्चीको पानी, कहिले आइपुग्छ काठमाडौं ?

काठमाडौं । भूकम्प र भ्रेमाथाङ बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय …

पुरा पढ्नुहॊस »

भरतपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । भरतपुर क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भइ मृत्यु भएको हो । चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय कुल प्रसाद …

पुरा पढ्नुहॊस »

बाँकेमा सहकारीको ४३ करोड घोटाला प्रकरणमा १९ जनालाई कैद सजाय र जरिवाना

काठमाडौं । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर-सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका …

पुरा पढ्नुहॊस »