काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार हुने भएको छ । अब पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । पनिकाले आगामी माघको पहिलो सातादेखि यस्तो प्रणालीको सुरुवात गर्दै छ । यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, …
पुरा पढ्नुहॊस »सासू-ससुरा र दुई सन्तानसँगै बिते वरिष्ठ बालरोग विशेषज्ञ डा. गौतम
काठमाडौं । काठमाडौँको चन्द्रागिरिस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा. महेशकुमार गौतमको मृत्यु भएको छ । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत विशेष डाक्टर गौतम आफैले चलाएको कार शनिबार दुर्घटना हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको हो । पारिवारिक स्रोतकाअनुसार उनी पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न निस्केका थिए । उनले पृथ्वीजयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा परिवारसहित घुम्न गएका तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका थिए …
पुरा पढ्नुहॊस »भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी
काठमाडौँ । “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।” यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो । चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको …
पुरा पढ्नुहॊस »भालुवाङ दुर्घटनाका सबै मृतक र घाइतेहरूको परिचय खुल्यो (नाम/ठेगानासहित)
काठमाडाैं । शुक्रबार राति दाङको भालुवाङमा भएको बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत भएको छ । नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको सनाखत भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका-१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का-९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »भालुवाङ दुर्घटनाका चालक भन्छन्- चक्का नमोडिएपछि बस राप्तीमा खस्यो
काठमाडौं । शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् । सल्यान त्रिवेणी गाउँपालिका ४ का २८ वर्षीय लाल बहादुर नेपालीले मोड्ने बेला चक्का नघुमेपछि बस पुलबाट नदीमा खसेको बताएका हुन् । चालक नेपालीले प्रहरीसँगको बयानमा बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बताएका दाङका डिएसपी जनक मल्लले जानकारी दिए । दुर्घटनापछि सामान्य घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । …
पुरा पढ्नुहॊस »तीन दिनपछि मेलम्चीको पानी काठमाडौं आउने
काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको तीन दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस राप्तिमा खस्दा १२ जनाको मृत्यु
काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका …
पुरा पढ्नुहॊस »अमेरिकी डलर देखाई ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले कीर्तिपुर नगरपालिका-६ चोभार जलबिनायक मन्दिर परिसरमा पुस ९ गते ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिई पीडितलाई ५० दरको …
पुरा पढ्नुहॊस »