सुर्खेत । करिब दिउँसोको ४ बजिसकेको थियो । पाँचौँ दिनको यात्रामा दैलेखको प्रसिद्ध ज्वाला बल्ने श्रीस्थान मन्दिर दर्शनपछि दुल्लुबजार छिचोल्दै तल्लो डुंगेश्वर पुगियो । डुंगेश्वर पुुगेपछि शिद्धेश्वर महादेव मन्दिर दर्शन नगरी फर्किने पनि कुरो भएन । कर्णाली नदी र लोहोरे खोलाको संगमस्थलमा रहेको शिद्धेश्वर महादेव मन्दिर दर्शन गर्नेको दैनिक भिड पनि लाग्ने रहेछ । मौसम निकै चिसो थियो । हामी मन्दिर प्रवेश गर्दा चौरमा चारजना बालक गुच्चा खेलिरहेका थिए । …
पुरा पढ्नुहॊस »आइतबारकोभन्दा आज बढ्यो उपत्यकाको तापक्रम
काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ । आइतबार यो वर्षको अहिलेसम्मकै चिसो बनेको काठमाडौँ उपत्यकाको तापक्रम बढेको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहान पौने ६ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । आइतबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झरेको थियो । जुन उपत्यकाका लागि यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो । अहिले नेपालमा पश्चिमी वायुको आंशिक …
पुरा पढ्नुहॊस »पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक
काठमाडौं । नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरीलाई मिहीन ढंगले केलाएर प्रस्तुत गरिएको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । खोज पत्रकारका रुपमा परिचित कलेन्द्र सेजुवालले लेखेको उक्त पुस्तक शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन् …
पुरा पढ्नुहॊस »काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् । विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए । महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् …
पुरा पढ्नुहॊस »अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरू बारेमा थप विवरण उपलब्ध गराइ दिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी …
पुरा पढ्नुहॊस »जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गर्यो अर्धवार्षिक समीक्षा (तस्बिरसहित)
काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका …
पुरा पढ्नुहॊस »जयवीरको विवाहमा खादा माला बन्देज, आर्मी अफिसर्समा भोज !
काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीरको बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको जनाइएको छ । देउवा परिवारले पठाएको निम्तोपत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते …
पुरा पढ्नुहॊस »राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगको टोली आइतबार राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद दिए । राष्ट्रपति पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचन आयोगको भएकोले संविधान तथा संघीय कानून बमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन समेत दिएका …
पुरा पढ्नुहॊस »‘समुदायमा कांग्रेस’ अभियान : फरक टोली फरक जिल्लामा जाँदै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको ‘समुदायमा कांग्रेस’ अभियानलाई पार्टीले झनै प्रभावकारी बनाउन लागेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेको र अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक-फरक टोली खटिन लागेको पार्टी सचिवालयले जनाएको छ । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहनेछन् । तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी …
पुरा पढ्नुहॊस »राहदानी कार्यालयका कम्प्युटर इन्जिनियर भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरिवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ । सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको …
पुरा पढ्नुहॊस »