राहदानी कार्यालयका कम्प्युटर इन्जिनियर भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरिवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ । सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आशिका तामाङ प्रहरी नियन्त्रणमा

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ परेकी छन् । तामाङलाई अभद्र …

प्रतिकृया दिनुहॊस