‘समुदायमा कांग्रेस’ अभियान : फरक टोली फरक जिल्लामा जाँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको ‘समुदायमा कांग्रेस’ अभियानलाई पार्टीले झनै प्रभावकारी बनाउन लागेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेको र अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक-फरक टोली खटिन लागेको पार्टी सचिवालयले जनाएको छ ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहनेछन् । तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

यस्तो ‍छ फरक जिल्लाका फरक-फरक समुदायमा पुग्ने फरक-फरक टोली:-

कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के.सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला:
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा

बागमतीको सिन्धुली र मकवानपुर:
२) महालक्ष्मी उपाध्याय ‘डिना’- बारा, पर्सा, रौतहट र सर्लाही

बागमतीको धादिङ र चितवन

बागमती प्रदेश:
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश:
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा.डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश:
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम् प्रदेश:
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी

केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी चार प्रदेशमा हावाहुरीसहित पानी पर्ने (तीन दिनको पूर्वानुमान)

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको …

प्रतिकृया दिनुहॊस

This will auto close after