राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगको टोली आइतबार राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद दिए । राष्ट्रपति पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचन आयोगको भएकोले संविधान तथा संघीय कानून बमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भई ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको विवरण प्रस्तुत गरे ।

निर्वाचनमा सातै प्रदेशका कूल २०४६ मतदाता मध्ये १९९ मतदाता मतदान कार्यमा सहभागी भएको र सोही दिन मतगणना गरी निर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यहरुको नतिजा समेत प्रकाशन गरिएको व्यहोरा अवगत गराए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको सहायक प्रवक्ता एवमं उपसचिव डा.थानेश्वर भुसालले जानकारी दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस