काठमाडौँ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी …
पुरा पढ्नुहॊस »डिउटीमा खटिएका दुई प्रहरी रुकुमका युवाबाट कुटिए
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् । स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । त्यही विवादबारे …
पुरा पढ्नुहॊस »त्रिविको सेवा अनलाइनबाटै, अब लाइन बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ । ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन कसरी दिने ? १. सबैभन्दा पहिले यहाँ …
पुरा पढ्नुहॊस »ललितपुरमा जर्मन महिलाको शंकास्पद मृत्यु, टाउकोमा चोट
काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । उनी करिब ५५–६० उमेरकी छन् ।
पुरा पढ्नुहॊस »राजालाई सरापेर राजनीति गर्ने दिन सकिए : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको बताएका छन् । उनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्यो भन्दै प्रश्न तेर्साएका छन् । मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ । ‘राजा …
पुरा पढ्नुहॊस »शौचालयको बाल्टिनमा डुबेर १८ महिने बालकको मृत्यु
काठमाडौं । कालिकोटकाे रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोराको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो १८ महिने होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
पुरा पढ्नुहॊस »मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार करिब ८ बजेर ५० मिनेट जादा आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र ३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई …
पुरा पढ्नुहॊस »मेनुका पौडेलले पाइन् एआइजडित चश्मा, अब मान्छे चिन्न सक्ने !
काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा दिएका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डा. नितिन र रोहनले एआईजडित उक्त विशेष चश्मा मेनुकालाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चश्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा प्रस्तुत गरेपछि मेनुकालाई चश्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट …
पुरा पढ्नुहॊस »राप्रपाको आन्तरिक विवाद छताछुल्ल
काठमाडौँ । कोशी प्रदेश सभामुखको को विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । सोही विषयलाई लिएर पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच टकराब सुरु भएको छ। बागमती प्रदेशमा सभामुख हुँदा …
पुरा पढ्नुहॊस »भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
काठमाडौँ । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै नाम, थर, ठेगाना नखुलाई लाइसेन्सको नम्बर मात्रै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा इन्ट्री गरिएको पाइएको हो । लाइसेन्स वितरणमा भएको अनियमितताका विषयमा यतिखेर …
पुरा पढ्नुहॊस »