मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार करिब ८ बजेर ५० मिनेट जादा आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र ३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको राति करिब १० बजे उनको मृत्यु भएको हो ।

मिनि ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री