मेनुका पौडेलले पाइन् एआइजडित चश्मा, अब मान्छे चिन्न सक्ने !

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा दिएका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डा. नितिन र रोहनले एआईजडित उक्त विशेष चश्मा मेनुकालाई प्रदान गरेका हुन् ।

रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चश्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा प्रस्तुत गरेपछि मेनुकालाई चश्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चश्मा प्रदान गरेका थिए ।

उक्त चश्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए । डाक्टरले सबै जज र अतिथिलाई मञ्चमा बोलाएर उक्त चश्माको डेमो प्रस्तुत गरेका थिए । चश्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिएकी छिन् । मेनुकाले इण्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस