काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप चार सदस्य मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । थपिएका सदस्यहरूमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनका इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन् ।
ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।
प्रतिकृया दिनुहॊस