निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

काठमाडौँ । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ ।

मंगलबार लेकसाइडस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए ।

कास्की प्रहरीका अनुसार मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो ।

उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीबी राईको राहदानी रद्द गर्न विभागलाई पत्राचार

काठमाडौं । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको …

प्रतिकृया दिनुहॊस