बालकुमारी घटना : ज्यान गुमाएका दुई युवकको शव गाउँमा लगियो

काठमाडौँ । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दैलेखका सुजन रावतको शवलाई परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो उनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको हो ।

शव परिवारलाई जिम्मा लगाएपछि अन्त्येष्टिको तयारी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी रहेको अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस