राष्ट्रियसभा निर्वाचन : कांग्रेस र माओवादीबीच सीट भागबन्डाबारे विमर्श

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ । गठबन्धनमा सीटको भागबन्डा मिलाउन मंगलबार कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेर छलफल गरेका हुन् ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ । त्यही आधारमा गठबन्धनमा सीट भागबन्डाको तयारी भइरहेको बताइन्छ । शीर्ष नेताबीच अब गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर निष्कर्षमा पुर्‍याउने सहमति बनेको छ ।

कांग्रेस नेता रमेश लेखकका अनुसार राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधवार गठबन्धनको बैठक बस्ने छ । छलफलमा राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउनुपर्नेमा कुरा भएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, बहिष्कारको तयारीमा कांग्रेस

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते …

प्रतिकृया दिनुहॊस

This will auto close after