समाचार

यसरी मनाइयो टोपी दिवस (तस्बिरसहित)

काठमाडाैं । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराका साथ ११औं नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमबार वसन्तपुरमा भेला भएर ११ औँ नेपाली‘टोपी दिवस’ मनाएको हो । सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली …

पुरा पढ्नुहॊस »

नेपालका दलहरूको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको दावी गरेका छन् । उनले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको सुनाए । सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । ‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट …

पुरा पढ्नुहॊस »

रेशम चाैधरीको आममाफीविरूद्धको रिटको सुनुवाइ ‘स्थगित’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएकाे छ । उक्त रिटको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो । सोमबार सो रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा सुनुवाइ तोकिएको थियो । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने निर्णय गरेका थिए । सो निर्णय बदर गरिपाउँ भनी निवेदक शारखा कठायतले सर्वोच्च …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा १० वर्षीया बालिका बलात्कृत, भण्डारी पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–६ बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन् । भण्डारीले बालिकालाई घर नजिकै झाडीमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी ठूलोपाखरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

मन्त्रीको लापरबाहीले दुई जनाको ज्यान गयो : गगन थापा

काठमाडौं । सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले ललितपुरको बालकुमारी दुईजना युवाको मृत्यु भएको बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले मन्त्रीले उक्त घटनाका बेला चरम लापरबाही गरेको बताए । ‘त्यो जबरजस्ती गर्ने काम भएको छ मन्त्रीबाट’ उनले भने, ‘मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना ज्यान गयो ।’ उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। …

पुरा पढ्नुहॊस »

क्याबिनेट मिटिङको खाजा कटौती, ६० लाख जोगिने

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएका हुन् । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने …

पुरा पढ्नुहॊस »

सांसद राजेन्द्र राईले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । उनले राज्य व्यवस्था समितिको बैठकमा छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकेर गोली हानिएको उनको आरोप छ । ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो,’ उनले भने, ‘अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा …

पुरा पढ्नुहॊस »

धोती दिवस मनाउन खोज्दा सीके राउतसहित चार दर्शनभन्दा बढी पक्राउ

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित चार दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्‌मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको थियो …

पुरा पढ्नुहॊस »

बालकुमारी घटना अनुसन्धान गर्न पौडेलको नेतृत्वमा बन्यो उच्चस्तरीय समिति

काठमाडौँ । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो । बैठकले पौडेल संयोजक रहेको समितिमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ । उक्त घटनाको छानबिनका लागि गृह …

पुरा पढ्नुहॊस »

तरुल खोज्न सँगै जंगल गएका साथीको हत्या

काठमाडाैं । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा एक व्यक्तिले ढुङ्गा फुटाउन प्रयोग हुने फलामको औजार (सब्बल) प्रहार गरी साथीको हत्या गरेका छन् । जिल्ला प्रहरीका कार्यालय पर्वतका अनुसार ३५ वर्षीय प्रेमबहादुर नेपालीले देउपुरस्थित टापुको सामुदायिक वनमा आइतबार ४० वर्षीय उदय रिजालको हत्या गरेका हुन् । आइतबार दिउँसो जंगलमा गम्भीर अवस्थामा फेला परेका रिजाललाई उपचारका लागि पर्वत अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए …

पुरा पढ्नुहॊस »