फाइल फोटो

इमाडोलको इनारमा खसिन् २८ वर्षीया न्युटन

काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा एक महिला खसेकी छन् । सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडिको इनारमा २८ वर्षीया न्युटन प्रधान खसेकी हुन् ।

प्रहरीलाई बिहान ९ः५० बजे घटनाबारे खबर भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । अहिले उनको उद्धार गर्ने काम भइरहेको छ । प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको हो ।

दोलखा घर भएकी उनी इमाडोलमा भाडामा बस्ने गरेको खुलेको छ । कपडा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँच्चिएपछि खस्न पुगेकी बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस