भक्तपुरमा व्यवसायीकाे हत्या

भक्तपुर ।  भक्तपुरकाे चाँगुनारायण नगरपालिका-९, ताथलीमा एक जना व्यवसायीकाे बुधबार बिहान हत्या भएकाे छ ।स्थानीय ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको खुलेकाे छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरीले जनाएकाे छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले  ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री