काठमाडौं । नेपाल बायुसेवा निगमले जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ ।
पुरा पढ्नुहॊस »अमेरिकामा १ नेपाली विद्यार्थीको मृत्यु
बाल्टिमोरमा १ नेपाली विद्यार्थीको मृत्यु भएको छ । २ वर्ष अघि अध्ययनका लागि अमेरिका आएका २३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो । प्रसिद्वले आफू बस्ने अपार्टमेन्टको कपडा धुने कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । कँडेलको मुल घर गुल्मी रहेको र हाल उनको परिवार काठमाडौंको शंखमुलमा बस्दै आएको छ । कँडेल २ वर्षअघि आलाबामा विश्वविद्यालयमा स्नातक तहको पढाईका लागि अमेरिका पुगेका थिए ।
पुरा पढ्नुहॊस »निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने
काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने भएको छ । सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली हानेका थिए। परिवारका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि गौचनको शव बुझ्न लागिएको हो । अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम …
पुरा पढ्नुहॊस »ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते
पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली छन् । प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेक थियो ।
पुरा पढ्नुहॊस »जावलाखेलमा शुक्रबारदेखि पुष्प प्रदर्शनी मेला हुने
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको मेलामा व्यावसायिक स्टल ४४ वटा, सूचनामूलक स्टल तीन वटा, प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् । असोज २७ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने छ ।
पुरा पढ्नुहॊस »इलामको माई नगरपालिकामा सर्पले डसेर १ को मृत्यु
इलामको माई नगरपालिकामा सर्पले डसेर १ महिलाको मृत्यु भएको छ । इलाम –१० बस्ने अनिता पौडेललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार राति सर्पले डसेको थियो । पौडेलको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।
पुरा पढ्नुहॊस »म्यादी प्रहरीमा जागिर खुल्यो,९८ हजार २ सय ६८ जना भर्ना गरिने
काठमाडौं । आउदो केन्द्र र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ ।नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ ।
पुरा पढ्नुहॊस »निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको गोली हानी हत्या
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई होली हानेका थिए। उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ ।गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान अघि बढाएको छ।
पुरा पढ्नुहॊस »नेपाल एयरलायन्सको उडिरहेको जहाजभित्र बच्चाको जन्म
काठमाडौं । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छिन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की मायादेवी भामले छोराको जन्म दिएकी थिन् ।सुत्केरी बेथाले च्यापेपछि जहाजमा नेपालगन्जमा थप उपचारका लागि ल्याउँदै गर्दा बच्चा जन्मीएको थियो । बिहान ११ बजेर ५ मिनेटमा ताल्चाबाट उडेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको हो। आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ।
पुरा पढ्नुहॊस »ताप्लेजुङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ गम्भीर
ताप्लेजुङ । तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भने ४ जना घाइते भएका छन् । पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ घाइते भएका छन् । घाइते चारैजनाको अवस्था गम्भीर छ ।
पुरा पढ्नुहॊस »