कांग्रेसले देशको अवस्था बदल्ने तागत राख्छ : भूपेन्द्रजंग शाही

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची-महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने धारणा राखे ।

नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’

यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने धारणा राखे ।

यही कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, खुल्यो परिचय

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

प्रतिकृया दिनुहॊस