समाचार

आजदेखि छठ पर्व सुरु

काठमाडौं । आजदेखि छठ पर्वसुरु भएको छ । छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य सुरु भएको छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

पुरा पढ्नुहॊस »

दुवै चरणको मतदान सकिएपछि मात्र मतगणना

काठमाडौं ।आगामी मंसिरमा हुने दुई चरणको निर्वाचनमा पहिलो चरणको मतदान सकिए पनि दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।  मंसिर १० मा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । मंसिर  २१ मा थप ४६ जिल्लामा मतदान हुनेछ  ।

पुरा पढ्नुहॊस »

आजबाट ललितपुरमा जोरविजोर प्रणाली लागू

ललितपुर । ललितपुर उपमहानगरपालिकालाई जाममुक्त शहर बनाउन ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा  आजदेखि जोरविजोर प्रणाली लागु गर्ने भएको छ ।अत्याधिक चाप हुने रुट र अत्यधीक जाम हुने लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा जोरबिजोर प्रणली लागु गरिने ललितपुर ट्राफिकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुकुर तिहार कुकुरको पूजा गरिदै

काठमाडौं । आज कुकुर तिहार  सबै नेपालीको घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि   कुकुर तिहार  मनाईँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास  छ ।

पुरा पढ्नुहॊस »

आज काग तिहार कागको पूजा गरिदै

काठमाडौँ । आजबाट  यस वर्षको  तिहार पर्व  शुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन रहेको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको  भनाई  छ ।

पुरा पढ्नुहॊस »

एनआरएन अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी  भएका छन् ।सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् ।उनको कार्यकाल दुई वर्षको हुनेछ । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् । निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु …

पुरा पढ्नुहॊस »

भाइटीकाको उत्तम साइत शनिबार मध्याह्न ११ः५१ मा

काठमाडौं  । यस वर्षको भाइटीकाको  उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्षको  तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ …

पुरा पढ्नुहॊस »

नेपाल बायु सेवा निगममाआकर्षक जागिर खुल्यो

काठमाडौं । नेपाल बायुसेवा निगमले  जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

अमेरिकामा १ नेपाली विद्यार्थीको मृत्यु

बाल्टिमोरमा   १ नेपाली विद्यार्थीको मृत्यु भएको छ । २ वर्ष अघि  अध्ययनका  लागि  अमेरिका  आएका   २३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो ।  प्रसिद्वले आफू बस्ने अपार्टमेन्टको कपडा धुने कोठामा झुण्डिएर आत्महत्या गरेका छन्  ।  कँडेलको मुल घर गुल्मी रहेको र  हाल उनको परिवार  काठमाडौंको शंखमुलमा बस्दै आएको छ । कँडेल   २ वर्षअघि आलाबामा विश्वविद्यालयमा स्नातक तहको पढाईका लागि अमेरिका पुगेका  थिए ।

पुरा पढ्नुहॊस »

निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने

काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने भएको छ ।  सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली हानेका थिए। परिवारका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि गौचनको शव बुझ्न लागिएको  हो । अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम …

पुरा पढ्नुहॊस »