निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने

काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने भएको छ ।  सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली हानेका थिए।

परिवारका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि गौचनको शव बुझ्न लागिएको  हो ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी सुनछहरी …

प्रतिकृया दिनुहॊस