एनआरएन अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी  भएका छन् ।सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् ।उनको कार्यकाल दुई वर्षको हुनेछ । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् । निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस