२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज

काठमाडौं ।  २१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण आज लाग्दै छ । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ ।

यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ ।

पूर्ण चन्द्र ग्रहणको सुरुआत राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।

नेपालसहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देख्नसकिने खगोलशास्त्रीहरुले जनाएका छन् । ग्रहणलाई जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सक्ने भए पनि  ज्योतिष विज्ञानले यो चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरुलाई ग्रहण शुभ भए पनि अन्य राशीका लागि शुभ नहुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री