आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »आज मौसम बदली (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । …
पुरा पढ्नुहॊस »बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन् । आरोपी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले …
पुरा पढ्नुहॊस »मिटर ब्याजपीडितसँग वार्ता गर्न सरकारले बनायो सहसचिव नेतृत्वमा टोली
काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत मिटर ब्याजपीडितहरूलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले पीडितहरूलाई पाँच सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गरेको हो । वार्ताका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै …
पुरा पढ्नुहॊस »दार्चुलामा नगर प्रहरी मृत फेला
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी मृत फेला परेकी छिन् । आइतबार दिउँसो महाकाली नगरपालिका- ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । आफ्नै कोठामा रहेको पंखाको झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले इलाम–२ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले उपनिर्वाचन हुन लागेको हो । एमालेबाट निर्वाचित नेम्वाङको गत २६ भदौमा हृदयघातका कारण निधन भएको थियो । बझाङ–१ को प्रदेशसभामा निर्वाचित …
पुरा पढ्नुहॊस »छोरी जन्मिएको थाहा पाएपछि अस्पतालमै छोडेर आमा फरार
काठमाडौं । पर्सामा अस्पतालमा छोरी जन्मिएको थाहा पाएपछि आमा फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । उनी बच्चा जन्मिएपछि फरार भएकी हुन् । सुत्केरी व्यथा लागेपछि सासुसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको …
पुरा पढ्नुहॊस »जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत, अमेरिकन युवक नियन्त्रणमा
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी प्ला जोसको शव निकालेको हो । आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर-२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए । उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न …
पुरा पढ्नुहॊस »एमालेको बटमलाइन : बदनियत र छानबिनमा परेका मन्त्रीहरुलाई तत्काल बर्खास्त गरियोस्
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तको माग राखेर आज (आइतबार) पनि संसदमा अवरोध गरेको छ । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘बालकुमारी घटानका दोषी भौतिकमन्त्री । आदेश दिने गृहमन्त्रीको बर्खास्तको आवाज उठाइरहेका छौँ । अख्तियारको निगरानीमा रहेका …
पुरा पढ्नुहॊस »वडा कार्यालयभित्र युवती शव भेटियो, भर्खरै भएको थियो बिहे
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी उनी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि …
पुरा पढ्नुहॊस »