काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरुले संसदमा उठाएका विषयको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सो रुलिङ गरेपछि बैठक सुचारु भएको हो । आजको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसदको बैठक अवरुद्ध गरेका …
पुरा पढ्नुहॊस »प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित
काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । उनीहरूले विवादित तीन मन्त्रीको राजीनामा र लघुवित्त र दूध किसानको समस्या समाधानको माग राख्नै नाराबाजी गरेका थिए । सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक(पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।
पुरा पढ्नुहॊस »१४ किलो सुन तस्करीमा नाम जोडिएका कलेज सञ्चालक जीवन गुरुङ पक्राउ
काठमाडौं । १४ किलो सुन प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले बताए । अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र …
पुरा पढ्नुहॊस »ट्याक्टरको ठक्करबाट बाइकमा सवार युवकको मृत्यु, चालक गम्भीर
काठमाडौं । सुर्खेतमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकका बा ९५ प ५२९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो । मृत्यु हुने युवक स्थानीय २८ वर्षीय विजय राना रहेका प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरी …
पुरा पढ्नुहॊस »मिटर ब्याजपीडित र सरकारबीच आज वार्ता
काठमाडौं । मिटर ब्याजपीडित र सरकारबीच आजपनि वार्ता हुँदैछ । आज वार्तामा बस्ने गरी आइतबारको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति आइतबार भएको थियो । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । सरकारसँग वार्ता चलिरहे पनि पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन् । आइतबार …
पुरा पढ्नुहॊस »२०८१ को सुरुमै दलहरूको शक्ति परीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो । उपनिर्वाचनबाट दलहरूको शक्ति परीक्षण हुने भएको हो ।
पुरा पढ्नुहॊस »प्रचण्ड र ओली निरन्तर संवादमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य …
पुरा पढ्नुहॊस »कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी
काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ। परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक …
पुरा पढ्नुहॊस »संसद्मा आज विद्युतीय व्यापार विधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »