१४ किलो सुन तस्करीमा नाम जोडिएका कलेज सञ्चालक जीवन गुरुङ पक्राउ

काठमाडौं । १४ किलो सुन प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले बताए ।

अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज हरिबोधिनी एकादशी, तुलसी-विवाह गर्ने दिन

काठमाडौं । कार्तिक शुक्ल एकादशी । सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्।  भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।

प्रतिकृया दिनुहॊस