समाचार

धर्म परिवर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निस्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको सचिवस्तरीय निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निस्कासन गरिएको हो । उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरूको …

पुरा पढ्नुहॊस »

सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी

काठमाडौं । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् । सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ । सत्तासीन नेकपाका राष्ट्रियसभा …

पुरा पढ्नुहॊस »

गाडी चढ्न ६ दिन हिँड्नुपर्छ यी गाउँका बासिन्दालाई

काठमाडाैं । डोल्पाका कराङ र तिलिङ गाउँका बासिन्दालाई मोटर चढ्न ६ दिन पैदल हिँड्नुपर्छ । छिमेकी जिल्ला जाजरकोटको सदरमुकाम पुग्न ८ दिन, संघीय राजधानी काठमाडौं पुग्न १० दिन । जाजरकोट-डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक हालै खुले पनि दर्जनौं पुल निर्माण नहुँदा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहालाई चीनसँग सीमा जोडिएको डोल्पाको धो भोटसँग जोड्ने गरी निर्माणाधीन चार सय किलोमिटर लामो …

पुरा पढ्नुहॊस »

जसको नाममा पाँच करोड आयो उसैलाई पत्ताे छैन

काठमाडाैं । अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आर्थिक वर्ष २०७३/०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ । सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृ निकायबाट ४८ लाख ९० हजार रुपैयाँ प्राप्त भएको छ । एकै आर्थिक वर्षमा दातृ निकायबाट आयोगका नाममा झन्डै साढे पाँच करोड रुपैयाँ उपलब्ध भएर खर्च भएको …

पुरा पढ्नुहॊस »

सरकारबाट ५% मा रकम लगेर गरिबबाट १३.५% ब्याज असुल्दै सहकारी

काठमाडाैं । सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरू बिचौलिया मुनाफाखोर बनेका छन्। स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। ब्याजमा तीन गुणा नाफा मात्र हौयन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धाे बनाएका छन्। आजको नयाँ पत्रिकामा पुष्प ढुंगाना र अजित अधिकारी मिलेर यो खबर लेखेका छन्। धादिङका सहकारीले १३.५ …

पुरा पढ्नुहॊस »

बलात्कार मुद्दामा विदेशी नागरिकलाई पनि नेपालीलाई सरह कानुन लाग्ने

काठमाडाैं । सर्वोच्च अदालतले बलात्कारको मुद्दामा विदेशी नागरिक भएकै आधारमा छुट गर्न नमिल्ने फैसला गरेको छ । नौ वर्षअघि बाँकेमा भएको १४ वर्षकी किशोरी बलात्कार मुद्दामा सर्वोच्चले पीडकबाट भराउने क्षतिपूर्तिको विषयमा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह कानुन लाग्ने फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसलाको पूर्णपाठमा उल्लेख छ । २ माघ २०६६ मा बाँकेमा भारतीय नागरिकले नेपाली किशोरीलाई बलात्कार गरेको मुद्दामा उक्त …

पुरा पढ्नुहॊस »

अब निजी क्षेत्रका कर्मचारी तथा कामदारहरूले पनि पेन्सन पाउने

काठमाडाैं । अब निजी तथा अनौपचारिक क्षेत्रमा कार्यरत कामदार एवम् कर्मचारीहरूले पनि पेन्सन पाउने भएका छन् । हालसम्म सरकारी कर्मचारीहरूले मात्रै लिँदै आएको पेन्सन सुविधालाई विस्तार गरिएको हो । सरकारी कर्मचारीसहित सबैलाई योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने गरी सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न बनेको नियमावलीमा व्यवस्था गरिएको छ । यो योजना कार्यान्वयन गर्नको लागि सामाजिक सुरक्षा कोष बन्ने र त्यसलाई सञ्चालन गर्न एउटा समिति बन्ने छ । समितिको सिफारिसअनुसार …

पुरा पढ्नुहॊस »

युवा स्वरोजगार कोषको रकमः ठूला व्यापारीलाई ५० करोडसम्म, पहुँच नहुने बेरोजगार युवाले २ लाख पनि पाउँदैनन्

काठमाडाैं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत् सरकारले गरेको अर्बौं लगानी उपलब्धीविहिन भएको छ। यो रकम बेरोजगार युवालाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरुको व्यापार विस्तार गर्न खर्च हुने गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकम व्यापक दुरुपयोग भएको जनाएको छ। कोष मार्फत् अहिलेसम्म सात अर्ब रुपैयाँ लगानी भइसकेको छ। धादिङको रोराङ गाउँपालिका–७ धुसाटारका दीपक …

पुरा पढ्नुहॊस »

जब ओलीले प्रदेश मन्त्री सोडारीले महिलासँग गरेको अश्लील संवादको अडियो क्लिप सुने…

काठमाडाैं । प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ। सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा धनगढीबाट अर्जुन शाहले लेखेका छन्। ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्‍याइएको छ,’ स्रोतले भन्यो। …

पुरा पढ्नुहॊस »

निर्मला हत्याका ११२ दिनः गाउँले पनि प्रहरीको शंकाको घेरामा

काठमाडाैं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ। न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्। ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर …

पुरा पढ्नुहॊस »