काठमाडाैं । घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यसको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। १९७० देखि २०१४ सम्मको अवधिमा स्तनधारी, चरा, सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आइसकेको छ ।
यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का महानिर्देशक मार्को लाम्बर्टेनी मानव जातीले महत्वपूर्ण विकल्पको सामना गर्नुपर्ने अवस्था आएको बताउँछन् । यसमा पृथ्वीलाई जोगाउन र प्राकृतिक विश्वसँग हाम्रो सम्बन्ध परिवर्तन गर्नका लागि केन्द्रीकृत कदम चाल्ने तथा हाम्रो अवसरलाई आत्मसमर्पण गर्नेलगायत रहेका छन्।
प्राकृतिक विश्वको आर्थिक योगदानतर्फ इंगित गरेर र यसको मौद्रिक मूल्यलाई महत्व दिएर यसले संरक्षणका लागि गरिने अपिललाई बढाउन सक्छ। कोषको लिभिङ प्लानेट सूचक २०१८ ले प्रकृतिले सबै आर्थिक गतिविधिको हालमात्रै अनुमानित १२५ ट्रिलियन डलर (सवा करोड अर्ब नेपाली रुपैयाँ बराबर) को प्रभाव पारेको जनाएको छ।
जैविक विविधता र पर्यावरणीय सेवाको अन्तर सरकारी विज्ञान नीति प्लेटफर्म आईपीबीइएसले प्रकृतिलाई मूल्यांकन गर्न फ्रेमवर्कको विकास गरेको छ। यो डलरको गरिने मूल्यांकनभन्दा पनि पर भएको बताइएको छ। यसले मानिसमा प्रकृतिको योगदान लाई एनसीपीको नाम दिएको छ । उदाहरणका लागि ग्रेट ब्यारियर रिफले अस्ट्रेलियन अर्थतन्त्रलाई वार्षिक रूपमा ५.७ अर्ब डलरको योगदान गर्दै आएको छ । यसले ६९ हजार रोजगारीका लागि पनि सहयोग गरिरहेको छ।
प्रजाती लोप हुनुको अवस्था त्याग्न नसकिने प्राकृतिक परिवर्तन हो र यसले वासस्थान र पर्यावरणमा समेत प्रभाव पार्दै आएको छ र पर्ने पनि छ । यद्यपि, लिभिङ प्लानेट सूचकले प्रजातीको नास हुने अवस्थामा वृद्धि भएको देखाएको छ । यसको नष्ट हुने अवस्थामा १०० देखि १००० गुणा तीव्र भएको छ।
प्रतिकृया दिनुहॊस