गाडी चढ्न ६ दिन हिँड्नुपर्छ यी गाउँका बासिन्दालाई

काठमाडाैं । डोल्पाका कराङ र तिलिङ गाउँका बासिन्दालाई मोटर चढ्न ६ दिन पैदल हिँड्नुपर्छ । छिमेकी जिल्ला जाजरकोटको सदरमुकाम पुग्न ८ दिन, संघीय राजधानी काठमाडौं पुग्न १० दिन ।

जाजरकोट-डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक हालै खुले पनि दर्जनौं पुल निर्माण नहुँदा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहालाई चीनसँग सीमा जोडिएको डोल्पाको धो भोटसँग जोड्ने गरी निर्माणाधीन चार सय किलोमिटर लामो भेरी करिडोरअन्तर्गत पर्छ जाजरकोट-डोल्पा सडक खण्ड ।

सरकारले यो सडक निर्माणमा प्राथमिकता नदिँदा डोल्पाका विकट बस्तीका बासिन्दा यातायात पहुँचबाहिर रहन बाध्य छन् । डोल्पाको से-फोक्सुन्डो गाउँपालिका-२, तिलिङका रिङजिङ दोर्जेले ६ दिन हिँडेपछि मोटर चढ्न पाएको बताए । तिलिङका १० जना बालबालिकालाई लिएर हिँडेका उनले डोल्पाकै खदाङ पुगेपछि मोटर भेटे ।

उनी बालबालिकालाई लामा शिक्षा अध्ययनका लागि काठमाडौंको फर्पिङस्थित गुम्बामा पुर्‍याउन हिँडेका हुन् । उनीसँग ६ वर्षदेखि १३ वर्षसम्मका बालबालिका छन् । रुकुमको राडीबजारबाट काठमाडौं जाने बस चढेर आएका उनले काठमाडौं पुग्न अझै दुई दिन लाग्ने बताए । जाजरकाेटबाट भीमबहादुर सिंहले अाजकाे कान्तिपुर दैनिकमा याे खबर लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङ दुर्घटना : मृतक पाँचै जनाको परिचय खुल्यो

काठमाडाैं । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका …

प्रतिकृया दिनुहॊस